0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

विवादका कारण रास्वपा महोत्तरीको अधिवेशन स्थगित

विवादका कारण रास्वपा महोत्तरीको जिल्ला अधिवेशन स्थागित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन स्थगित भएको छ ।
  • तदर्थ समितिका तत्कालीन अध्यक्ष शुभम साहलाई पार्टीले कारबाही गरेपछि दुई समूहबीच विवाद सिर्जना भएको हो ।
  • दुई पक्षबीच सहमति जुटाएर मात्र बन्दसत्र शुरू गरी नयाँ नेतृत्व चयन गरिने निर्वाचन संयोजक मनिषकुमार साहले बताए ।

२४ जेठ, जनकपुरधाम  । विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन स्थागित भएको छ ।

शनिबार जलेश्वरमा खुल्ला सत्रपछि आज महोत्तरीको रामगोपालपुरमा दोस्रो दिनको बन्दसत्र राखिएको थियो । तर दुईपक्षबीच सहमति हुन नसक्दा अधिवेशन स्थागित गरिएको छ ।

अधिवेशन निर्वाचन संयोजक मनिषकुमार साहले सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराएका छन् ।

यसअघि तदर्थ समितिका अध्यक्ष शुभम साह रहेका थिए । अधिवेशन हुनु अघि उनलाई पार्टीले कारबाही गर्दै अधिवेशनमा सहभागी नगराउन पत्र पठाएको थियो । यसपछि दुई समूहबीच विवाद भएको छ ।

दुवै पक्षबाट सहमतिको प्रयास गरिरहेको र सहमति भए पश्चात बन्द सत्र गरी नेतृत्व छनोट गरिने संयोजक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?