News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँको तारकेश्वरमा श्रीमान्को रड प्रहारबाट घाइते भएकी सैनिक ईश्वरी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
- प्रहरीले भुजेलको हत्या आरोपमा उनका श्रीमान् कुमार थापासहित थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।
- पक्राउ परेका आरोपीहरूलाई अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
२४ जेठ, काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अन्य तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको आरोप छ ।
मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन् ।
उक्त घटनामा जाहेरी परेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जनाएको छ ।
पक्राउ पर्नेहरूमा श्रीमान् थापासहित नुवाकोटको तारकेश्वर–४ घर भएका ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपासलका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका घर भइ हाल काठमाडौंको गोकणेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् ।
नेपाली ब्रो भनेर चिनिने थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए । घरायसी विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।
प्रतिक्रिया 4