0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बाहुनडाँगीका हात्तीपीडितलाई कृषिमन्त्रीको आश्वासन- दीर्घकालीन समाधान खोज्छौं

कृषिमन्त्री चौधरीले मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र पीडित किसानलाई क्षतिपूर्ति दिने प्रक्रियालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले झापाको बाहुनडाँगीस्थित हात्ती प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिन् ।
  • उनले मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र पीडित किसानलाई क्षतिपूर्ति दिलाउन सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाइन् ।

२४ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले झापा बाहुनडाँगीस्थित हात्ती प्रभावित क्षेत्र स्थलगत निरीक्षण गरेकी छिन् ।

निरीक्षण क्रममा उनले मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र पीडित किसानलाई क्षतिपूर्ति दिने प्रक्रियालाई सरकारले उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन् ।

जंगली हात्तीका कारण दैनिकजसो सास्ती खेप्नुपरेको स्थानीयको गुनासो बढेपछि मन्त्री चौधरी मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको वस्तुस्थिति बुझ्न झापा पुगेकी हुन् ।

निरीक्षण क्रममा स्थानीयवासिन्दाले जंगली हात्तीको बथान गाउँ पसेर मकै, सुपारी लगायत अन्नबाली र नगदेबालीमा दैनिकजसो ठूलो क्षति पुर्‍याइरहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

स्थानीयको गुनासो र पीडा सुनेपछि मन्त्री चौधरीले हात्ती नियन्त्रण र नागरिकको जीउधनको सुरक्षाका लागि सरोकारवाला सबै निकायसँग तत्काल समन्वय गर्ने आश्वासन दिइन् ।

उनले मानव-हात्तीबीच द्वन्द्वलाई दीर्घकालीन रूपमै समाधान गर्न केन्द्र (संघ), प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औँल्याइन् ।

साथै, हात्ती आतंकबाट आजित किसानको संरक्षण र उनीहरूले बेहोर्नुपरेको क्षतिको राहत तथा क्षतिपूर्ति प्रक्रिया सहज बनाउन आफूले विशेष पहल गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?