News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् ।
- दिक्तेलमा सम्पन्न अधिवेशनमा थापाले ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओजोनबाबु आचार्यले २८ मत पाए ।
- अधिवेशनबाट उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध तथा सचिवमा पर्शुराम थापा निर्वाचित भए ।
२४ जेठ, खोटाङ । रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन भएका छन् । जेठ २४ गते दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
थापाले ७८ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ओजोनबाबु आचार्यले २८ मत पाएका छन् । २०८१ पुस १३ गतेको प्रथम जिल्ला भेलाबाट सभापति बनेका थापाले प्रथम जिल्ला अधिबेसनबाट पु:न जिम्मेवारी पाएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापा सिभिल इन्जिनियर हुन् ।
उपसभापतिमा गोबिन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् । सचिवमा पर्शुराम थापा (आशिष) विजयी भएका छन् । थापाले ७१ मत पाउँदा सचिवका अर्का उम्मेदवार उद्धवप्रसाद आचार्यले २८ मत पाएका छन् । सह–सचिवमा ६४ मत पाउँदै राजन अधिकारी निर्वाचित भएका छन् । सह–सचिवका उम्मेदवार दुर्वासा गेलालले २८ र भक्तबहादुर गिरीले ९ मत पाएका छन् ।
सदस्यमा चन्द्रबहादुर परियार, प्रकाश अधिकारी, कृष्णबहादुर केसी, थानेश्वर रिजाल, नविन आचार्य, केशरबहादुर श्रेष्ठ र मेघराज दंगाल चयन भएका छन् । यस्तै, निर्वाचन क्षेत्र उप–संयोजकमा लवबहादुर गुरुङ, निर्वाचन क्षेत्र सचिवमा तुलाबहादुर खत्री र निर्वाचन क्षेत्र सदस्यमा भिमन गुरुङ चयन भएका छन् ।
प्रतिक्रिया 4