0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ९:४८

२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक केही दिन पछि धकेलिएको छ ।

यसअघि २८–२९ जेठमा बस्ने भनिएको बैठक ५–६ असारमा बस्ने भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विशेष कारणवश केन्द्रीय कार्यसमिति बैठक पछि सरेको बताएका छन् ।

काठमाडौंमा बस्ने बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालयसम्बन्धी प्रतिवेदनहरु पेश हुने बताइएको छ । बैठकमा समसामयिक परिस्थितिको समीक्षा पनि हुने श्रेष्ठले बताए ।

संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मितिसमेत बैठकबाछ तय हुने राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?