0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बजेटले सही दिशा समातेको छ : महासंघ अध्यक्ष श्रेष्ठ

कर्जा माग नबढेको, माग संचुचित रहेको र निजी लगानी सुस्त हुनु जस्ता शिथिलता र अन्योलबीच आएको नयाँ बजेटले अर्थतन्त्रमा आत्मविश्वास र गति फर्काउने अपेक्षा बोकेको श्रेष्ठको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले देशको अर्थतन्त्र सुधार गर्न सही दिशा समातेको बताएका छन् ।
  • अध्यक्ष श्रेष्ठले भने, ‘दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको थियो, यो बजेटले त्यो चक्र तोड्ने आँट गरेको छ ।’
  • बजेटमार्फत १५ कानून संशोधन गर्न विधेयक संसद्मा प्रस्तुत गर्ने तथा उधारो असुली र सनसेट कानून ल्याउने प्रतिबद्धता दूरगामी महत्त्वका रहेको उनले बताए ।

२५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सही दिशा समातेको बताएका छन् ।

महासंघले आयोजना गरेको नीति संवादमा सोमबार अध्यक्ष श्रेष्ठले लगानीको वातावरण सुधार गर्न, उत्पादन बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा बजेटले सही दिशा समातेको दबी गरे ।

उनी भन्छन्, ‘दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको थियो, यो बजेटले त्यो चक्र तोड्ने आँट गरेको छ ।’ यद्दपी बजेट कार्यान्वयन कस्तो हुन्छ, त्यो भने हेर्नुपर्ने उनले बताए ।

नेपालको अर्थतन्त्र एक असहज विरोधाभासमा गुज्रिएको भन्दै अध्यक्ष श्रेष्ठले एकातर्फ बैकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको र अर्कातर्फ ब्याजदर ऐतिहासिक रूपमा तल झरेको सन्दर्भ उल्लेख गरे ।

कर्जा माग नबढेको, माग संचुचित रहेको र निजी लगानी सुस्ताएको अवस्था समेत उनले उल्लेख गरे । यस्तो शिथिलता र अन्योलबीच आएको नयाँ बजेटले अर्थतन्त्रमा आत्मविश्वास र गति फर्काउने अपेक्षा बोकेको उनको भनाइ छ ।

‘समग्रमा भन्नुपर्दा बजेटले परम्परागत खर्च बाँडफाँटभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारको महत्त्वाकांक्षा देखाएको छ, यो दिशालाई महासंघ सकारात्मक रूपमा लिन्छ,’ उनले भने ।

उनले नीतिगत र कानुनी सुधारमा सरकारले साहसिक प्रयास गरेको बताए । ‘महासंघले वर्षौंदेखि भन्दै आएको नेपालको समस्या कानुनको अभाव होइन, बरु पुराना, परस्पर बाझिने र व्यवसायलाई निरुत्साहित गर्ने कानुनहरूको बाहुल्य हुनु हो, बजेटले हाम्रो स्वर सुनेको छ,’ उनले भने ।

१५ कानुन तत्काल खारेज गर्न संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने, उधारो असुली कानुन, बौद्धिक सम्पत्ति संरक्षण कानुन र सनसेट कानुन ल्याउने प्रतिबद्धता दूरगामी महत्त्वका रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?