0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार गौरीशंकर लाल र रामप्रसादलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ डा. गौरीशंकर लाल दास र डा. रामप्रसाद पोखरेललाई प्रदान गरेको छ ।
  • समितिले डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरेको छ ।
  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार आयोजित एक विशेष समारोहमा ती पुरस्कारहरू हस्तान्तरण गर्नुभयो ।

२५ जेठ, काठमाडौं । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा गौरीशंकर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

साथै, डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरिएको छ ।

सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय शान्ति पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय पुरस्कार अन्तर्गत प्रशंसापत्रसहित नेपालको संस्कृति झल्कने आकर्षक उपहार प्रदान गरिएको समितिले जनाएको छ ।

पुरस्कार प्राप्त डा गौरीशंकर लाल दास चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

त्यस्तै, डा रामप्रसाद पोखरेलले नेपालको नेत्रचिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति संघको स्थापना र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, विपद् व्यवस्थापन र संस्थागत क्षमता विकासलगायतका क्षेत्रमा दीर्घकालीन सहयोग गर्दै आएको छ ।

कार्यक्रममा पुरस्कार छनोट तथा शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप प्रा डा मोहन लोहनी, प्रा डा जयराज आचार्य र प्रा डा प्रेमकुमार खत्रीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।

पुस्तकालय विकास समितिकी अध्यक्ष प्रा डा विणा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चन्द्र किरण श्रेष्ठले संस्थाका गतिविधिबारे जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?