0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुदूरपश्चिममा ओलीको फोन, एमाले मन्त्री तत्काल नफेर्न निर्देशन

‘उहाँले अहिले बजेटको बेला छ । यस्तो बेला मन्त्री फेर्दा राम्रो सन्देश जाँदैन । त्यसैले तत्काल सबै मन्त्री यथावत् राखौं भन्ने कुरा गर्नुभयो,’ ती नेताले भने ।

जनक विष्ट जनक विष्ट
२०८३ जेठ २५ गते १७:४३

२५ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर सुदूरपश्चिम प्रदेश सरकारबाट तत्काल मन्त्री नफेर्न निर्देशन दिएका छन् ।

सोमबार एमाले संसदीय दलले पार्टीबाट सरकारमा गएका मन्त्री फेरबदल गर्ने निर्णय लिन बैठक बसिरहेको थियो । त्यही बेला अध्यक्ष ओलीले फोन गरेर तत्काल सरकारमा रहेका मन्त्री नफेर्न निर्देशन दिएको एक नेताले बताए ।

ती नेताका अनुसार एमाले संसदीय दलमा बैठक बसिरहेको थियो । त्यही बेला ओलीको सचिवालयमा रहेकी निरुदेवी पालको नम्बरबाट एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई फोन आएको थियो ।

जसमा अध्यक्ष ओलीले आफै कुरा गरेर तत्काल मन्त्री नफेर्न आफै निर्देशन दिएको ती नेताले बतायो । ‘उहाँले अहिले बजेटको बेला छ । यस्तो बेला मन्त्री फेर्दा राम्रो सन्देश जाँदैन । त्यसैले तत्काल सबै मन्त्री यथावत् राखौं भन्ने कुरा गर्नुभयो,’ ती नेताले भने ।

यसअघि सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र किचलो भएपछि असन्तुष्ट पक्षका केही मन्त्री समेट्नेगरी मन्त्रिपरिषद् हेरेफेरको तयारी भएको थियो । सोही अनुरुप एमालेमा पनि मन्त्री हेरफेरको कुरा उठेको थियो । जसअनुसार एमालेले आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो ।

एमालेबाट हाल प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था मन्त्री वीरबहादुर थापा र राज्यमन्त्री निर्मला साउँद सहभागी छन् ।

उनीहरूलाई फिर्ता बोलाएर दलका उपनेता सन्तोष शर्मा, चक्र मल्ल र दमन भण्डारीलाई मन्त्री तथा राज्यमन्त्रीमा जानकी ऐर बमलाई पठाउने एमालेले तयारी थालेको थियो ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?