News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको झम्सिखेलस्थित द गार्डेन्समा कविता र सङ्गीतप्रति समर्पित मञ्च ‘कायेराज् कलम’को १०औँ संस्करण तथा दोस्रो वार्षिकी सम्पन्न भएको छ ।
- यसपटकको कार्यक्रममा विभिन्न कविहरूको कविता वाचनसँगै आर्या सुवेदी र सुदर्शन कटुवालले नृत्यमार्फत कविता प्रस्तुतिलाई जीवन्त तुल्याए ।
- संस्थापक कायेराले भने, “यो उपलब्धि केवल हाम्रो मात्र होइन ।”
ललितपुर । कविता र संगीतप्रति समर्पित मञ्च ‘कायेराज् कलम’को १०औँ संस्करण झम्सिखेलस्थित द गार्डेन्समा सम्पन्न भएको छ । सो अवसरमा मञ्च स्थापनाको दोस्रो वार्षिकी पनि मनाइयो ।
कार्यक्रममा कवि हिना कोइराला, अमित घर्ती, कायेरा र निलो धागोले प्रस्तुति दिएका थिए । अतिथि प्रस्तुतिका रूपमा ‘फोल्कोट्रोनिक्स’ सहभागी भएको थियो । साथै, संगीतकार निगम आचार्य र प्रशान्त क्षेत्रीले पनि आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
यसपटक कविता वाचनसँगै नृत्य प्रस्तुतिलाई पनि समेटिएको थियो । आर्या सुवेदी र सुदर्शन कटुवालले कायेरा र अमित घर्तीसँग सहकार्य गर्दै कविता प्रस्तुतिलाई नृत्यमार्फत जीवन्त तुल्याए ।
आयोजकका अनुसार, दुई वर्षअघि केही साथीको घेरामाझ कविता र सपनाको साटासाट गर्ने क्रममा ‘कायेराज् कलम’को सुरुवात भएको थियो । अहिले यो मञ्च सयौँ कलाकार र दर्शकको साझा समुदायका रूपमा विस्तार भएको छ ।
‘यो उपलब्धि केवल हाम्रो मात्र होइन । हामीसँग सहकार्य गर्ने प्रत्येक कलाकार, कार्यक्रममा सहभागी भई हाम्रो यात्राको हिस्सा बन्ने प्रत्येक दर्शकको पनि हो,’ कायेराज् कलमका संस्थापक कायेराले भने ।
प्रतिक्रिया 4