0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुरक्षा पन्त, नारायण त्रिपाठी अभिनित फिल्म ‘चमेलीको पोइ’ १६ असोजमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट सूर्य बोहरा निर्देशित पारिवारिक तथा हास्यप्रधान फिल्म ‘चमेलीको पोइ’ आगामी १६ असोजमा प्रदर्शन हुने भएको छ ।
  • यसै फिल्ममार्फत चर्चित हास्यकलाकार नारायण त्रिपाठी झण्डै दुई दशकपछि मुख्य भूमिकामा देखिन लागेका छन् ।
  • मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा खिचिएको यस फिल्मलाई सुनीता सापकोटा र रामनारायण उपाध्यायले निर्माण गरेका हुन् ।

काठमाडौं । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को प्रदर्शन मिति तय भएको छ । निर्माताका अनुसार अब यो फिल्म दशैं अवसरमा १६ असोजमा प्रदर्शन हुनेछ ।

पारिवारिक र हास्य कथावस्तुको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सनविक्रम राई, रवीन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ ,सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मीना आरएल शाही, ऋतु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य, विन्दु आचार्यको अभिनय छ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा उदयविक्रम राणा, ऋतु मल्ल ठकुरी र कपील आचार्य छन् । निर्देशक बोहराकै कथा रहेको फिल्म लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन् ।

धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको फिल्मको सहनिर्मातामा सुदिप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, प्रदिपकुमार सापकोटा र यमप्रसाद वली छन् । झण्डै दुई दशकपछि चर्चित हाँस्यकलाकार नारायण त्रिपाठी यही फिल्मबाट ठूलो पर्दामा कमब्याक गर्न लागेका छन् । फिल्मको शीर्ष भूमिकामा त्रिपाठीकै अभिनय छ ।

मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत छ । कविराज गहतराजको नृत्य र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

मुख्य सहायक निर्देशक सुदीप कुँवर हुन् भने सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लभ ढुंगाना छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?