0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

गृह र विज्ञान प्रविधि मन्त्रीले लिँदैछन् शपथ (लाइभ)

गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहको सिफारिसमा नवनियुक्त गृह मन्त्री सुधन गुरुङ र विज्ञान मन्त्री महावीर पुनले आज शपथ ग्रहण गर्दैछन् ।
  • शपथग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीहरू सहभागी छन् ।
  • समारोह भइरहेको शीतल निवास क्षेत्रमा अहिले मुसलधारे वर्षा भइरहेको छ ।

२६ जेठ, काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा दुई मन्त्रीको शपथ हुँदैछ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् ।

शपथग्रहण स्थलमा अहिले मुसलधारे वर्षा भइरहेको छ । शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?