News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन् ।
- नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् ।
- गृहमन्त्री गुरुङ गोरखा १ बाट रास्वपाका सांसद हुन् भने मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्।
२६ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।
गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् ।
त्यस्तै महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।
फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए ।
गुरुङ गोरखा १ बाट रास्वपाका निर्वाचित सांसद हुन् । पुन भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।


प्रतिक्रिया 4