News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्मा विपक्षी दलहरूले सीमा विवाद सम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग जवाफ माग गरेका छन् ।
- सभामुख डोल प्रसाद अर्याल र प्रधानमन्त्री शाहबीच मन्त्रीहरूको शपथ ग्रहण समारोहका क्रममा भेटवार्ता भएको छ ।
- नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र मन्त्री महावीर पुनको शपथ ग्रहण समारोह वर्षाका कारण केही ढिलो शुरू भएको थियो ।
२६ जेठ, काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) खोजिरहेका छन् । सीमा विवाद सम्बन्धी अभिव्यक्तिका विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका बेला सभामुख डोल प्रसाद अर्यालले मंगलबार प्रधानमन्त्री बालेनसँग भेट्ने मौका पाएका हुन् ।
गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको शपथ ग्रहण समारोहमा उनीहरूबीच भेट भएको हो ।
दिउँसो ३ बजेका लागि शपथको समय तय भएको थियो । तर त्यसमा केही ढिलो भयो । शपथको समयमा पानी परेकाले पनि अझ शपथ ग्रहण सुरु हुन ढिलाइ हुन पुग्यो ।
यस अवसरमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनसँग भलाकुसारी गर्ने समय पाएका हुन् । शपथ सुरु नहुँदासम्म पनि उनीहरू कुराकानी गरिरहेका थिए ।
प्रतिक्रिया 4