२६ जेठ, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफू आउँदा धेरै जना खुसी हुँदा धेरै जना नै दुखी पनि भएको महसुस गरेको बताएका छन् ।
शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभारग्रहण गरेपछि उनले यस्तो बताएका हुन् । ‘धेरै जना खुसी हुनुहुन्छ होला धेरै जना दुखी पनिहुनुहुन्छ जस्तो लाग्छ म आकोले,’ उनले भने ।
उनले आफूमाथि जति आरोप लगाए पनि नेपाली नागरिक र महिलाहरूमाथि विनाप्रमाण चरित्र हत्या नगर्न चेतावनी दिए ।
यस्तो छ उनको भनाइ
जति पनि आरोपहरू मलाई लाइयो । अहिलेदेखि होइन जेनजी आन्दोलनदेखि म त थेग्न सकौँला विशेषा गरी कुनै नेपाली नागरिकलाई अपमान गर्न चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृहमन्त्रालय गम्भीर भएर सिरियर भएर हेर्ने छ । मलाई जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्छु ।
विशेष गरी चेलीहरू छोरीहरूलाई चरित्र हत्या गरिन्छ यसमा गृहमन्त्रालय सिरियस हुन्छ । आइन्दा समाजमा यस्तो नहोस् जति अट्याक मलाई गर्नुस् । मिडिया ट्रायलका कारण कसैले आत्म हत्या गर्न नपरोस् ।
प्रतिक्रिया 4