News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नागरिकको चरित्र हत्या र अपमान गर्ने कार्यलाई गृह मन्त्रालयले गम्भीर रूपमा हेर्ने बताए ।
- पदभार ग्रहण गर्दै उनले "अब सबै फाइल खुल्छन्" भनी उल्लेख गरे ।
२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब चरित्र हत्याको विषयलाई गम्भीर ढंगले (सिरियस्ली) हेर्ने बताएका छन् ।
नवनियुक्त गृहमन्त्री गुरुङले मंगलबार पदभार ग्रहण गरेपछि उनले उक्त कुरा उल्लेख गरेका हुन् ।
‘ममाथि जेनजी आन्दोलनदेखि नै जति पनि आरोप लगाइयो म त थेग्न सकौंला । तर विशेषगरी कुनै नागरिकलाई अपमान गर्ने, चरित्रहत्या गर्ने प्रयास गरेको खण्डमा गृह मन्त्रालयमा एक दम संवेदशनील भएर सिरियस्ली हेर्नेछ,’ उनले भने ।
उनले चरित्र हत्याका कारण कोही नेपाली छोरीको ज्यान जान नहुनेतर्फ संकेत गर्दै भने, ‘जस्तोसुकै आरोप लगाए पनि म थेग्न सक्छु । तर अरू नेपाली चेली, नेपालकी छोरीलाई चरित्र गरिन्छ र आत्महत्या गर्न बाध्य बनाइन्छ भने त्यसमा गृह मन्त्रालयले सिरियस्ली हेर्छ ।’
यसका साथै उनले आफू पुनः गृहमन्त्री कोही व्यक्ति दुखी भएको तर्फ संकेत गर्दैं भने, ‘धेरै जना खुसी हुनुहुन्छ होला, धेरै जना दुखी पनि हुनुहुन्छ होला म आएकोमा । अब सबै फाइल खुल्छन् ।’
प्रतिक्रिया 4