0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासतमा राख्न अनुमति

ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १६:४७

२७ जेठ, काठमाडौं । ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले पाँच पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो । योसँगै उनी अब कम्तीमा पनि ५ दिन हिरासतमा रहनेछन् ।

उनलाई अहिले प्रहरी बालाजुमा राखेर अनुसन्धान गरिएको छ । हत्या गरिएकी भुजेल नेपाली ब्रोको श्रीमती हुन् । उनी नेपाली सेनाको सुवेदार पदमा कार्यरत थिइन् । पारिवारिक कलह र विवादले उग्र रुप लिएपछि नेपाली ब्रोले श्रीमती भुजेललाई चक्कु र रड प्रहार गरेर हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?