News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत नेपाल र भारतबीच क्रस बोर्डर रेमिट्यान्स सेवा शुरू गरेको छ ।
- नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक अधिकतम भारु १५ हजार र मासिक १ लाखसम्म भारत पठाउन सक्नेछन् ।
- भारतमा कार्यरत नागरिकले मासिक सीमाविना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
२८ जेठ, काठमाडौं । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पीटूपी) सम्झौतासँगै एभरेस्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु गरेको छ ।
बैंकले नेपाल र भारतबीच ‘रियल टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन् ।
नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म सहजै भारत पठाउन सक्नेछन् ।
त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकले भने कुनै पनि मासिक सीमाविना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए)को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) आईडीमार्फत सिधै रकम प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया 4