0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सांसदहरूले मत ‘प्रभावित’ पार्ने देखेपछि हिजो नै आक्रोशित थिइन् सरिन

सांसदहरूले मत प्रभावित पार्ने आशंकासहित उनले चुनाव लड्न आउन चेतावनी दिएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश अधिवेशनमा सभापतिकी उम्मेदवार गोमा तामाङ ‘सरिन’ले निर्वाचनको अन्तिम नतिजा नआउँदै राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन् ।
  • सामाजिक सञ्जाल फेसबुकमा उनले “आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु” भनी लेखेकी छन् ।
  • निर्वाचनमा सांसदहरूले उम्मेदवारको पक्ष विपक्षमा मत मागेर संगठन विथोल्न खोजेको भन्दै उनले आक्रोश व्यक्त गरेकी थिइन् ।

२८ जेठ, काठमाडौं । कोशीको अधिवेशनमा सांसदहरूले उम्मेदवारको पक्ष विपक्षमा मत माग्न थालेपछि सरिन तामाङले बुधबार नै आक्रोश व्यक्त गरेकी थिइन् ।

सांसदहरूले मत प्रभावित पार्ने आशंकासहित उनले चुनाव लड्न आउन चेतावनी दिएकी थिइन् ।

‘तर, एउटा व्यक्ति र प्यानल बोकेर कुनै माननीय हिड्छ भने कोशी प्रदेशले स्विर्कादैन । यो कुरा हेक्का हुनुपर्दछ,’ अधिवेशन हलमा हिजो उनले मञ्चबाट भनेकी थिइन्,‘मैले कुनैपनि माननीय बोकेर हिंडेकी छैन । मेरो लागि कुनै पनि माननीयलाई भोट मागेको छैन ।’

केही सांसदले संगठन विथोल्ने प्रयास गरिरहेको भन्दै उनले आपत्ति जनाइन् । ‘खबरदार, खबरदार । यहाँ हामीले पनि दुःख गरेका छौं । कुनै माननीयले कोही बोक्नुहुन्छ भने उहाँहरुलाई कोशीमा निषेध गर्छु म ।’

कोशी प्रदेश अधिवेशनमा सभापतिकी उम्मेदवार रहेकी गोमा तामाङ ‘सरिन’ले राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन् । प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् । प्रारम्भिक रुझान हेर्दा आफू हार्ने अवस्था देखिएपछि सरिनले सामाजिक सञ्जालमार्फत ‘राजनीतिक बिट मारेको’ घोषणा गरेको टिप्पणी भइरहेको छ ।

‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उनले फेसबुकमा लेखेकी छन् ।

सभापतिको उम्मेदवारमा चन्द्र राई, सरिन, चन्द्र कुमार गौली र खगेन्द्र कटुवालले प्रतिस्पर्धामा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?