0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नक्कली पत्रका आधारमा भिसा सिफारिस घटना : अनुसन्धान गरिदिन गृहलाई शिक्षा मन्त्रालयको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते २०:२७

२८ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वाल्मिकी विद्यापीठको नक्कली पत्रका आधारमा मन्त्रालयले १० विदेशी नागरिकलाई भिसा सिफारिस गरेको विषयको अनुसन्धान गर्न गृहमन्त्रालयलाई पत्र लेखेको छ ।

बिहीबार उक्त घटनाको खुलासा भएपछि शिक्षा मन्त्रालयले अनुसन्धान गर्न गृहमन्त्रालयलाई पत्र लेखेको मन्त्रालयस्रोतले जनाएको छ ।

यसअघि प्रदर्शनीमार्गमा रहेको वाल्मिकी विद्यापीठ क्याम्पसको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले अध्यागमनलाई १० विदेशी नागरिकका लागि भिसा सिफारिस गरेको भेटिएको घटना बाहिरिएको थियो ।

शिक्षा मन्त्रालयले भिसाका लागि सिफारिस गरेपछि अध्यागमनले केही व्यक्तिलाई भिसा जारी पनि गरेको थियो । तर, थप व्यक्तिको जारी गर्ने बेलामा शंका लागेर जाँच गर्दा क्याम्पसको पत्र नै नक्कली रहेको भेटिएको थियो ।

यो प्रकरणमा अध्यागमन विभागले अहिले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पक्राउ पर्नेमा क्याम्पसको नक्कली पत्र बनाएर भिसाका लागि मन्त्रालयमा कागजात पठाउने व्यक्ति र एक चिनियाँ महिला छन् ।

जसमा वीरगञ्ज घर बताउने र आफू पीएचडी डाक्टर रहेको दाबी गर्ने सुबोध शुक्ला र चिनियाँ महिला छु छियाओ छन् । उनीहरू दुवैलाई बुधबार अध्यागमनले नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?