+
+
Shares

युवालाई रोजगारीको अवसर सिर्जना गर्दै केयू

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विश्वविद्यालय र नेपाल समसामयिक अध्ययन केन्द्रले ‘स्थानीय सरकार युवा संघीयता फेलोसिप’ कार्यक्रम कार्यान्वयनमा ल्याएका छन् ।
  • कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका ७१ जना युवालाई छनोट गरी यस कार्यक्रम अन्तर्गत तालिम दिन शुरू गरिएको छ ।
  • तालिमप्राप्त युवाहरूलाई स्थानीय सरकार सबलीकरणका लागि विभिन्न पालिकामा १७ महिनाका लागि खटाइने भएको छ ।

२९ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र नेपाल समसामयिक अध्ययन केन्द्रले ‘स्थानीय सरकार युवा संघीयता फेलोसिप’ कार्यक्रमलाई कार्यान्वयनमा लगेका छन् ।

स्थानीय विकास मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम र यूएनडीपी नेपाल सँगको साझेदारीमा केयूको स्कुल अफ आर्टस् अन्तर्गत रहेर कार्यक्रम अगाडि बढाइएको हो ।

कर्णाली प्रदेशको सुर्खेत, सुदूरपञ्चिम प्रदेशको धनगढी तथा मधेश प्रदेशको जनकपुरमा यसै साता क्रमशः २५, २२ र २४ गरी ७१ जना युवालाई सहभागी गराएर कार्यक्रम सुरु गरिएको हो ।

तालिम प्रदान गरी दक्ष युवा पेशाकर्मीलाई स्थानीय सरकारसँग १७ महिना काम गर्नेगरी पालिकामा खटाइने छ

नेपाल समसामयिक अध्ययन केन्द्रले निश्चित मापदण्ड तोकी राजनीतिशास्त्र, कानुन, समाजशास्त्र, सार्वजनिक प्रशासन वा विकास अध्ययन जस्ता विषयहरूमा शैक्षिक पृष्ठभूमि बनाएका ३० वर्ष मुनिका विश्वविद्यालयमा स्नातकमा अध्ययन गर्नेलाई छनोट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?