+
+
Shares

‘भ्वाइस किड्स’ सिजन ५ को प्रसारण आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांगीतिक रियालिटी शो ‘भ्वाइस किड्स’ को पाँचौँ सिजन आजदेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट प्रसारण सुरु हुँदैछ ।
  • यस सिजनको कोचमा सत्यराज आचार्य, मिलन नेवार, अर्जुन सापकोटा र वाङ्देन शेर्पा रहेका छन् भने ब्लाइन्ड अडिसनमा ४८ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
  • निर्देशक लक्ष्मण पौड्यालले भन्नुभयो, "यतिबेला संगीतले फुटबलसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिती छ, वल्र्डकपको चर्चा बढी होला तर, त्यसले शोलाई असर गर्नेछैन ।"

काठमाडौं । विश्वकप फुटबल २०२६ को चर्चाबीच चर्चित सांगीतिक रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को प्रसारण आजदेखि सुरु हुँदैछ । दर्शकले हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि हिमालय टिभीमा हेर्न पाउनेछन् ।

अडिसनबाट छानिएका कुल ४८ जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारदेखि ब्लाइन्ड अडिसन प्रसारण हुनेछ । ८ एपिसोडको उक्त राउन्डपछि ब्याटल राउन्ड हुनेछ । यो चरणमा १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसपछि सिधै लाइभ शोज अर्थात भोटिङ राउन्डमा शो प्रवेश गर्नेछ । निर्देशक लक्ष्मण पौड्यालले यसअघिकै सुपर ब्लकको नियमलाई पनि यो सिजनमा निरन्तरता दिइएको छ ।

आज प्रसारण हुने पाँचौ सिजनको पहिलो एपिसोडमा कोचहरूले प्रस्तुति दिनेछन् । यस सिजनमा सत्यराज आचार्य, मिलन नेवार, अर्जुन सापकोटा र वाङ्देन शेर्पा कोचको रुपमा देखिँदैछन् ।

विश्वकप फुटबल सुरु भएकै समयमा भ्वाइस किड्सको नयाँ सिजन सुरु भएको छ । ‘यतिबेला संगीतले फुटबलसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिती छ’ निर्देशक पौड्यालले भने, ‘वल्र्डकपको चर्चा बढी होला तर, त्यसले शोलाई असर गर्नेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?