News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिमी र पूर्वीय वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बादल लाग्नुका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
- आगामी २४ घण्टामा कोशी प्रदेशका एक–दुई स्थानमा ५० देखि १०० मिलिलिटरसम्मको भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
३० जेठ, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमली र पहाडी भू-भागका थोरै स्थानहरूमा बाँकी पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिलिटरसम्म वर्षा हुनुलाई भारी वर्षा हुनु भनिन्छ ।
प्रतिक्रिया 4