+
+
Shares

लाम्पाटा पुग्यो सशस्त्रको टोली, प्रधान कार्यालयबाटै परिचालन गरिने

जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली आज शनिबार त्यहाँ पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते १३:०६

३० जेठ, काठमाडौं । सशस्त्र प्रहरीको टोली बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुगेको छ ।

जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ आज शनिबार त्यहाँ पुगेको हो । लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापनाको तयारी गरिएको छ ।

अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन  दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्रको टोली प्रहरी निरीक्षकको कमाण्डमा त्यहाँ खटिएको छ । केही दिनयता सो क्षेत्र अशान्त बनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?