३१ जेठ, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीले बनाएका अधुनिक प्रधिविका उपकरणको प्रदर्शनी गरिएको छ।
गाउँपालिका भित्रका ३ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई नयाँ प्रविधि प्रदर्शनी गरिएको हो ।
विद्यार्थीहरूमा वैज्ञानिक सोच सिर्जनशील तथा अनुसन्धानात्मक क्षमता विकास गर्न उद्देशयले हुम्लाको नाम्खा गाउँपालिका विज्ञान प्रद्वशन भएको नाम्खा गाउँपालिका शिक्षा शाखा प्रमुख डम्बर खरालले जानकारी दिए।
नाम्खा गाउँपालिका भित्रका ३ वटा सामुदायिक विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरू सहभागी रहेको शिक्षा शाखा प्रमुख खरालले बताए ।र
महाबौद्व माध्यमिक विद्यालय याल्वाङ तातोपानी आधारधभुत विद्यालय केर्मी,बुद्व आधारभुत विद्यालय हेप्का लगाउतबाट विद्यार्थीहरू तयार गरेका अधुनिक प्रविधि प्रदर्शन गरिएको शिक्षा शाखा प्रमुख खरालको भनाइ छ ।
बालुवा,ढुंगा कोइला प्रयोग पानी फिल्टर गर्ने विधि, वातावरण संरक्षण (बायोडी ग्रेडेबल ) प्लास्टिक व्यवस्थापन, प्रविधि तथा कृषि तथा विपद व्यवस्थापन खानेपानी पानी शद्विकरण स्मार्ट सिचाई प्रणाली हरित गृह मोडेल सम्बन्धि प्रदर्शनि भएको उनले बताए ।
हुम्ला जिल्लाका सात वटै पालिकाको पहिलो अभ्यास रहेको शिक्षा प्रमुख खरालको भनाइ छ ।
प्रतिक्रिया 4