News Summary
Generated by OK AI. Editorially reviewed.- नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरिन् ।
- प्रस्तावित नीति तथा कार्यक्रमले काठमाडौंलाई ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त समृद्ध स्मार्ट सहरका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
- परिवर्तित परिवेश र काठमाडौंबासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखी नीति तथा कार्यक्रम तयार गरिएको डंगोलले बताइन् ।
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् ।
यस पटक विगत वर्षहरूमाझैँ काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिइन् । परिवर्तित परिवेश र काठमाडौंबासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखी नीति तथा कार्यक्रम तयार गरेको उनले बताइन् ।
नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको पनि उनले बताइन् । ‘आगामी आर्थिक वर्ष २०८३/८४ को लागि नगरसभाको यस बैठकमा प्रस्तुत भएको काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनबाट संघीय राजधानी काठमाडौंको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा गरेको छु,’ उनले भनिन् ।
काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्ताव गरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4