२५ असोज, दार्चुला । ढुङ्गा लागेर दार्चुलामा एकको मृत्यु भएको छ ।
पिपलचौरी गाविस-३ वियजपुरका ४७ वर्षका देवदत्त भट्टको ढुंगाले लागेर शुक्रबार मृत्यु भएको हो ।
दार्चुला-तिंकर सडकखण्डको पिपलचौरीको वियजपुर चट्टानमा डिलिङ गर्दा ढुङ्गा खसेर लाग्दा भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रेमसिंह कार्कीले जानकारी दिए ।
मृतक भट्टले डिलिङ गरिरहेको ढुङ्गा खस्दा उनी ढुङ्गासँगै भिरबाट दुई सय मिटर तल खसेका थिए ।
भट्टको शव परीक्षणका लागि जिल्ला अस्पताल खलङ्गामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4