+
+
Shares

क्यान्सरपीडित महिलालाई घरमै नागरिकता

यस्तो प्रकृतिका जटिल समस्या भएका नागरिकलाई घरदैलोमै पुगेर सेवा दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८३ असार ३ गते २०:३६

३ असार, काभ्रेपलाञ्चोक । क्यान्सर उपचारमा रहेकी एक जना महिलालाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले घरमै पुगेर नागरिकता दिएको छ ।

क्यान्सर भएर बेड रेस्टमा रहेकी (हिँडडुल गर्न नसक्ने) पाँचखाल– २ की सुनिता वाइबालाई काभ्रे प्रशासनले बुधबार घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो ।

वाइबालाई नागरिकताको प्रमाणपत्र दिन जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, खरिदार आरुषी महतरा र सहयोगी होम निरौलासहितको टोलीले घरमा पुगेको थियो ।

‘उहाँमा आन्द्राको क्यान्सर रहेछ । अहिले उपचारपछि हलचल नै गर्न नसक्ने अवस्थामा हुनुहुँदो रहेछ,’ प्रशासकीय अधिकृत सापकोटाले भने, ‘यस्तो बेला उहाँलाई नागरिकता नभएर स्वास्थ्य उपचारमा समस्या भएको जानकारी आएपछि वडाको सहयोगमा घरमा पुगेर नागरिकता दिएका हौं ।’

यस्तो प्रकृतिका जटिल समस्या भएका नागरिकलाई घरदैलोमै पुगेर सेवा दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?