४ असार, काठमाडौं । पहिलो पटक फिफा विश्वकप खेलिरहेको उज्वेबिस्तानले कोलम्बिया विरुद्ध बराबरी गोल फर्काएको छ ।
फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा उज्बेकिस्तानले दोस्रो हाफमा कोलम्बिया विरुद्ध ऐतिहासिक गोल गरेको हो ।
मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भइरहेको खेलमा उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६०औं मिनेटमा गोल गरे । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने ।
त्यसअघि कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे ।
एसियाली राष्ट्र उज्बेकिस्तानले यसै खेलबाट विश्वकपमा डेब्यु गरेको हो । सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका कप्तान फाबियो कानभारो हाल उज्बेकिस्तानको प्रशिक्षक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4