News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठकमा सभामुख र बोलिरहेका सांसदको बीचबाट मन्त्रीहरू हिँडेर नियम उल्लंघन गरेको भन्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरे ।
- उनले सांसद रमेश मल्ल बोलिरहेका बेला दुई जना मन्त्री बीचबाट हिँडेको उल्लेख गर्दै सभामुखसँग रुलिङको माग गरेका छन् ।
४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने नियम छ । यस्तो नियमको उल्लंघन भएको भनेर नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरेका छन् ।
‘विडम्बना, दु:खको कुरा सरकारका मन्त्रीहरू सबैभन्दा बढी यो नियम उल्लंघन गरिरहनुभएको छ । मर्यादा उल्लंघन गरिरहनुभएको छ,’ महरले भने, ‘माननीय रमेश मल्लले बोलिरहेको बेलामा सभामुखज्यू र उहाँको बीचबाट दुई जना माननीय मन्त्री हिंड्नुभएको छ ।’
सांसद बोलेको देख्दा देख्दै मन्त्रीहरू हिंड्नु नियम विपरित भएको उनले बताएका हुन् ।
यसप्रति आपत्ति जनाउँदै उनले सभामुखसँग रुलिङको माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4