News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।
- न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
- यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाउने आदेश दिएकाले उनीहरू हाल डिल्लीबजार कारागारमा रहेका छन् ।
५ असार, काठमाडौं । उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको छ ।
उनीहरू हाल डिल्लिबजारस्थित कारागारमा छन् ।
उच्च अदालतमा विचाराधीन रहेको बैंकिङ कसुरको मुद्दामा शुक्रबार आदेश भएको हो ।
प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4