+
+
Shares

चितवनमा रास्वपा महाधिवेशन तयारी (तस्वीरहरू)

उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८३ असार ५ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी ७ देखि ९ असारसम्म चितवनको भरतपुरमा आयोजना हुँदै छ ।
  • महाधिवेशनको उद्घाटन सत्रका लागि भरतपुरस्थित गेस्टहाउस चौरमा जर्मन प्रविधिमा आधारित डोम निर्माण तीव्र पारिएको छ ।
  • चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा हुने बन्द सत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन् ।

५ असार, चितवन । सत्तारुढ दल रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माण तीव्र पारिएको छ ।

भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा संरचना निर्माण धमाधम भइरहेको छ । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ । डोमको छानो पानी र घामको प्रकाश नछिर्ने ‘टेन्साइल फेब्रिक’बाट तयार पारिएको छ ।

यसको निर्माण मिडिया स्पेस सोलुसन काठमाडौँले गरिरहेको हो। करिब तीन हजार वर्ग मिटर क्षेत्रफलमा तीन वटा डोम जोडेर एउटै विशाल हल तयार पारिएको छ । उक्त संरचनाभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान हुनेछ।

अहिले उक्त हल भएको ठाउँमा रास्वपाको चुनाव चिह्न घण्टी अंकित निलो झन्डाले सजाइएको छ ।

महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङ व्यवस्थापन मिलाइएको रास्वपाले जनाएको छ । रास्वपाले उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताका आमन्त्रण गरेको छ ।

महाधिवेशनको बन्द सत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनको बन्दसत्र भने चितवन उद्योग संघको ‍औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?