+
+
Shares

रास्वपा महाधिवेशनमा चिकित्सकसहित ३ एम्बुलेन्स तयारी अवस्थामा राखिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते ८:४१

६ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ ।

महाधिवेशन उदघाटन सत्रमा ३ वटा सुविधा सम्पन्न ३ वटा एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको महाधिवेशन स्वास्थ्य उपसमितिका प्रमुख रहेका डा. मनोहर प्रधानले जानकारी दिए ।

उनले तीन वटा मध्ये एउटा एम्बुलेन्स महाधिवेशनको स्टेज नजिकै भीआईपीहरुका लागि हुनेछ भने बाँकी दुईवटा अन्य सहभागीहरुका लागि हुने गरी व्यवस्थापन गर्न लागिएको छ । आकस्मिक उपचारका लागि आवश्यक औषधि, किटहरुसहित आकस्मिक सेवा दिइरहेका चिकित्सकहरु राखिने डा. प्रधानले जानकारी दिए ।

चितवनमा अत्याधिक गर्मी भएको कारणले हिटस्ट्रोक हुन सक्ने हुँदा पर्याप्त सावधानी अपनाइने उनले बताए । ‘गर्मी पनि छ, टाढाबाट आउने सुगर, प्रेसरका बिरामीका लागि समस्या हुन सक्छ, एक्कासी प्रेसर बढ्ने, सुगर कम भएर बेहोस हुन सक्ने सम्भावना हुन सक्छ’, डा. प्रधानले भने, ‘बिरामीलाई तुरुन्तै अस्पताल लैजाने गरी प्रबन्ध गरेका छौं ।’

जिल्ला प्रशासन कार्यालय चितवनले रास्वपाको महाधिवेशनमा कोही बिरामी भए उपचारका लागि तुरुन्तै पहल गर्न इलाका प्रहरी कार्यालयका डीएसपी सुवास भट्ट, सशस्त्र प्रहरीका डीएसपी दिलबहादुर रायमाझी र निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारी रहेको तीन जनाको कमिटी गठन गरेको छ ।

बिरामीलाई थप उपचारका लागि लैजानुपरेमा यो कमिटीसहित रास्वपाको स्वास्थ्य विभागले थप समन्वय गर्ने डा. प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?