+
+
Shares

रास्वपा महाधिवेशन : प्रतिनिधिबाट उठ्यो करिब २ करोड रकम

झण्डै ४ हजारले बुझाए शुल्क

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन भोलिदेखि चितवनमा शुरू हुँदैछ ।
  • महाधिवेशनमा सहभागी हुन ३ हजार ९९० प्रतिनिधिले जनही ५ हजार रुपैयाँका दरले शुल्क बुझाएका छन् ।
  • प्रतिनिधिहरूबाट संकलन भएको १ करोड ९९ लाख ५० हजार रुपैयाँको विवरण निर्वाचन आयोगमा बुझाइएको छ ।

६ असार, काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् ।

रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् ।

५ हजारका दरले प्रतिनिधिहरूबाट मात्रै १ करोड ९९ लाख ५० हजार रकम उठेको छ ।

उक्त तथ्यांक निर्वाचन आयोगलाई बुझाइएको र रुजु गर्ने प्रक्रियामा रहेको पनि उनले बताएकी छिन् ।

रास्वपाको महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?