News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफमा स्वीडेनविरुद्ध २-० को अग्रता बनाएको छ ।
- नेदरल्यान्ड्सका लागि पहिलो पटक शुरूआती टोलीमा परेका ब्रायन ब्रोबीले छैटौं र १७औं मिनेटमा दुई गोल गरे ।
- पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स यो खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि पहिलो हाफमा २-० को अग्रता बनाएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा ब्रायन ब्रोबीले सुरुमै गरेको दुई गोल मदतमा डच टोली दुई गोलले अघि रहेको हो ।
यस विश्वकपमा पहिलो पटक पहिलो रोजाईँमा खेलिरहेका ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए ।

कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।
यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।
पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरिसकेका छन् ।

पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स आजको खेल जित्दे नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
स्वीडेनले पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया 4