+
फिफा विश्वकप २०२६ :

गाक्पोले पनि गरे दुई गोल

२०८३ असार  ७ गते ०:१४ २०८३ असार ७ गते ०:१४

पहिलो हाफमा ब्रायन बोभीलाई एक असिस्ट गरेका गाक्पोले दोस्रो हाफ सुरु भएपछि दुई गोल गरेका हुन् । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा नेदरल्यान्ड्सका ब्रायन ब्रोबीले स्वीडेन विरुद्ध दुई गोल गरे ।
  • डच फरवार्ड कोडी गाक्पोले दोस्रो हाफमा दुई गोल गर्दै टोलीको अग्रता चौडा पारे ।
  • पहिलो खेलमा जापानसँग बराबरीमा रोकिएको नेदरल्यान्ड्स यो खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले पनि स्वीडेन विरुद्ध दुई गोल गरेका छन् ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा ब्रायन ब्रोबीले सुरुमै गरेको दुई गोल गर्दा नेदरल्यान्ड्सले पहिलो हाफमा स्वीडेनमाथि २-० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा ब्रायन बोभीलाई एक असिस्ट गरेका गाक्पोले दोस्रो हाफ सुरु भएपछि दुई गोल गरेका हुन् ।

गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै डुमफ्राइजको गोलमा गोल गर्दे नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाएका थिए । यस्तै ५४औं मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा व्यक्तिगत दोस्रो तथा डच टोलीका लागि चौथो गोल गरे ।

चार गोलले पछि परेपनि स्वीडेनले एक गोल फर्काएको छ । स्वीडेनका एन्थोनी एलांगाले ५९औं मिनेटमा गोल फर्काएका हुन् ।

त्यसअघि ब्रायन ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए ।

कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।

यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।

पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरिसकेका छन् ।

पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स आजको खेल जित्दे नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

स्वीडेनले पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले पराजित गरेको थियो ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय