+
+
Shares

रास्वपा महाधिवेशनस्थल उदघाटन स्थलमा जम्यो पानी, मोटर लगाएर फाल्दै कार्यकर्ता

दिउँसो २ बजे मात्रै रास्वपाको पहिलो महाधिवेशनको उदघाटन सत्र हुने भएकाले त्यतिजेलसम्म पानी सुक्ने विश्वास गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चैत ७, ८ र ९ गते चितवनमा आयोजना गरिएको छ ।
  • उद्घाटनस्थल चितवनको गेस्टहाउस चौरमा पानी जमेपछि स्वयंसेवकहरूले मोटर प्रयोग गरी पानी फ्याँकिरहेका छन् ।
  • महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले घण्टी बजाएर गर्ने कार्यतालिका छ ।

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उदघाटनस्थल पानी जमेको छ ।

महाविधेशन उदघाटन समारोहस्थल गेष्टहाउस चौरमा सहभागीहरु बस्नका लागि तयार गरिएको छानोसहितको ‘जर्मन ह्याङ्गर’ को तल भुइँमा जमेको हो । अहिले स्वयंसेवकहरुले मोटर लगाएर पानी फ्याँकीरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चौर होचो भाग भएकाले पानी पर्नासाथ जम्ने गर्दछ ।

महाधिवेशन उदघाटन स्थलमा सहभागीहरु बस्न बनाइएका तीन वटा सेक्सनमध्ये २० मिटर चौडा र ७५ मिटर लम्बाइको मुख्य खण्डको ह्यांगर तल पानी जमेको छ । मुख्य सेक्सनभन्दा माथिको ह्यांगरमा भने खासै पानी जमेको छैन । तल्लो सेक्सनमा छिपछिपे पानी छ ।

‘मुख्य सेक्सनमा गोलीगाँठोसम्म डुब्ने पानी जम्मा भएको छ । सो पानीलाई हटाउने काम भैरहेको छ,’ रास्वपाका एक नेताले भने ।

घामपानी छेक्न बनाइएका ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्ने आयोजकको भनाइ छ ।

दिउँसो २ बजे मात्रै रास्वपाको पहिलो महाधिवेशनको उदघाटन सत्र हुने भएकाले त्यतिजेलसम्म पानी सुक्ने विश्वास गरिएको छ ।

महाविधेशनको रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साहले घण्टी बजाएर महाधिवेशन उदघाटन गर्दै छन् ।

चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उदघाटन सत्र गेस्ट हाउस चौरमा हुने भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?