News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र समीक्षक समाजले काठमाडौंमा आयोजित एक समारोहबीच वर्ष २०८१ र २०८२ को ‘क्रिटिक्स फिल्म अवार्ड’ संयुक्त रूपमा वितरण गरेको छ।
- अवार्ड अन्तर्गत वर्ष २०८१ को उत्कृष्ट चलचित्र ‘शाम्बाला’ र २०८२ को उत्कृष्ट चलचित्र ‘ऊनको स्वीटर’ घोषित भएका छन्।
- चलचित्र ‘भूठान’बाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै हरिवंश आचार्यले समीक्षकहरूबाट पुरस्कार पाउनु गौरवको विषय भएको बताए।
अभिनेता मदनकृष्ण श्रेष्ठलगायतले अवार्ड वितरण गरे । सो अवसरमा श्रेष्ठले राम्रा चलचित्र, योग्य चलचित्रकर्मी तथा प्राविधिकले अवार्ड प्राप्त गरेको बताए ।
हलमा चलेका चलचित्र मात्रै राम्रा नहुने भन्दै उनले कतिपय राम्रा चलचित्र पनि नचल्ने गरेको बताए । प्रचार अभावलगायत विभिन्न कारणले कतिपय राम्रा चलचित्र हलमा नचल्ने गरेको उनको भनाइ छ ।
फिल्म ‘सानो संसार’ आफूलाई राम्रो लागे पनि हलमा नचलेको भन्दै उनले भने, ‘सबै राम्रा चलचित्र चलेका छैनन् । चलेन भनेर हरेश मान्नु पर्दैन । आज सानो संसारले क्रिटिक्स अवार्ड पायो ।’
चलचित्र ‘भूठान’बाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै अभिनेता हरिवंश आचार्यले ‘क्रिटिक्स फिल्म अवार्ड’ पाउने व्यक्ति ‘राम्रै हुने’ बताए ।
‘फिल्ममा यो भएन, त्यो भएन, यसो गरेको भए हुने थियो । यसरी बनाएको भए राम्रो हुने थियो भनेर दोषै दोष देखाउने व्यक्तिले दिएको अवार्ड भनेपछि पक्कै राम्रै होला,’ हरिवंशले भने, ‘मलाई आज यस्तो लागिरहेको छ कि, श्रीमतीले अवार्ड दिएको हो जस्तो लागिरहेको छ । किनकी श्रीमतीलाई चित्त बुझाउन गाह्रो हुन्छ । उहाँहरू (समीक्षक)लाई चित्त बुझाउन पनि गाह्रो छ । उहाँहरूबाट अवार्ड पाउनु भनेको गौरव हो । यो गरिमामय अवार्ड हो भन्ने लाग्छ ।’
पर्यटन बोर्डका सिनियर म्यानेजर सूर्य थपलियाले सिनेमालाई अब सरकारले नजरअन्दाज गर्न नसक्ने बताए । सरकारका हरेक अंगले अब सिनेमालाई सँगसँगै अगाडि बढाउने उनको भनाइ छ ।
सिनेमासँग देशको पर्यटन र अर्थतन्त्र नै कायापलट गर्ने क्षमता हुने भन्दै उनले नेपाललाई अन्तर्राष्ट्रिय सुटिङको हब बनाउन सकिने बताए । बोर्डले पनि अब सिनेमालाई भनेर छुट्टै बजेट छुट्याए अघि बढ्ने उनले प्रस्ट पारे ।
समाजका अध्यक्ष तथा पटकथा लेखक सामीप्यराज तिमल्सेनाले राम्रो चलचित्रले उद्योगलाई अगाडि बढाउने तर राम्रो समीक्षा संस्कृतिले त्यो यात्रालाई सही दिशातर्फ डोर्याउने बताए । समीक्षा र चलचित्रबीच ‘लभ एन्ड हेट’को सम्बन्ध रहने गरेको उनले बताए ।
नेपालमा समीक्षा र चलचित्रकर्मीबीचको सम्बन्ध थोरबहुत तिक्ततापूर्ण रहेको उनको भनाइ छ । चलचित्रको समीक्षा गर्नु त्यसको व्यावसायिकताको सम्भावनालाई खुम्च्याउनु नरहेको उनले प्रस्ट पारे ।

प्रतिक्रिया 4