News Summary
Generated by OK AI. Editorially reviewed.- पोल्याण्डका राष्ट्रपति कारोल नावरोकीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई प्रदान गरिएको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द व्हाइट इगल’ फिर्ता लिने निर्णय गरेका छन् ।
- जेलेन्स्कीले युक्रेनी सैन्य इकाइको नाम दोस्रो विश्वयुद्धमा पोल्याण्डका नागरिकको आमहत्यामा संलग्न युपिए कमान्डरहरूको सम्मानमा राखेपछि पोल्याण्ड रुष्ट बनेको हो ।
- पोल्याण्ड र युक्रेनबीचको विवादले युक्रेनमाथि लाग्दै आएको नव-नाजीवादको आरोपलाई थप बलियो बनाएको रुसको दाबी छ ।
७ असार, काठमाडौं । पोल्याण्ड र युक्रेनबीच बढ्दै गएको पछिल्लो विवादले युक्रेनमाथि लाग्दै आएको नव-नाजीवाद को आरोपलाई थप बलियो बनाएको रुसको दाबी छ ।
रुसी सङ्घीय परिषद्को सूचना नीति आयोगका प्रमुख अलेक्सी पुस्कोभले यस विवादका कारण युक्रेनविरुद्ध रुसले उठाउँदै आएका तर्कहरूका पक्षमा अन्तर्राष्ट्रिय स्तरमै नयाँ समर्थकहरू थपिँदै गएको बताएका छन्।
पुस्कोभले आफ्नो टेलिग्राम च्यानलमा लेख्दै युक्रेनले हिटलरसँग सहकार्य गर्ने आफ्ना पुराना राष्ट्रवादीहरूलाई देशभित्र मात्र नभएर विश्व मञ्चमै खुला रूपमा महिमामण्डन गरिरहेको आरोप लगाए।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी विद्रोही सेनालाई सार्वजनिक रूपमा प्रशंसा गरेर ठुलो गल्ती गरिरहेको र यसले युरोपको फासीवाद विरोधी विरासतलाई नै चुनौती दिएको पुस्कोभको भनाइ छ।
यो विवाद पोल्याण्डका राष्ट्रपति कारोल नावरोकीले जेलेन्स्कीलाई प्रदान गरिएको पोल्याण्डको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द व्हाइट इगल’ फिर्ता लिने निर्णय गरेपछि अझ चर्किएको हो। जेलेन्स्कीले युक्रेनी सशस्त्र बलको एउटा सैन्य इकाइको नाम युपिएका कमान्डरहरूको सम्मानमा राख्ने निर्णय गरेपछि पोल्याण्डले उक्त पदक फिर्ता लिने कदम चालेको हो।
दोस्रो विश्वयुद्धका बेला युपिए समूहले पोल्याण्डका नागरिकहरूको आमहत्या गरेको इतिहास रहेकाले पोल्याण्ड युक्रेनको यो कदमबाट रुष्ट बनेको हो।
प्रतिक्रिया 4