News Summary
Generated by OK AI. Editorially reviewed.- आईएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् ।
- रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको सम्बन्ध बलियो बनाउन कम्पनीले सपुतलाई आबद्ध गरेको हो ।
- नवनियुक्त सांगीतिक दूत सपुतले संगीतका माध्यमबाट विश्वभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो माटोसँग जोड्ने प्रतिबद्धता जनाए ।
७ असार, काठमाडौं । आईएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् । आईएमईले एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बासडरका रूपमा सार्वजनिक गरेको हो।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ।
आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा लोकप्रिय छन् । रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीको भावनालाई सपुतले आफ्ना गीत संगीत मार्फत प्रस्तुत गर्दै आएका छन्। देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने विश्वास लिइएको आईएमईले जनाएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै आईएमईका महाप्रबन्धक बद्री कटवालले भने, ‘सपुतको सिर्जनाले समाजको यथार्थ बोल्ने र मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ ।’
साथै, उनले स्वदेश र विदेशको दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको काम गर्ने उल्लेख गरे ।
त्यस्तै, गायक सपुतले आईएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए । उनले विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोडीराख्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया 4