+
+
Shares

रास्वपालाई गगनले भने– नेतालाई ‘भगवान’ र ‘बा’ बनाएर गल्ती गर्‍यौं, तपाईंहरूले नगर्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राजनीतिक दलका नेतालाई 'भगवान' र 'बा' बनाएर पछ्याउने संस्कारले गलत परिणाम निम्त्याएको स्वीकार गरेका छन् ।
  • चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उनले आफ्ना नेताहरूलाई गल्ती गर्दा प्रश्न गर्न रास्वपाका कार्यकर्ताहरूलाई आग्रह गरे ।
  • थापाले कांग्रेसले आफ्नो पार्टी 'लास र दास'हरूको होइन भन्न ढिलाइ गर्दा त्यसको राजनीतिक मूल्य अहिले चुकाउनुपरेको बताए ।

६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलका नेताहरूलाई ‘भगवान’ र ‘बा’ बनाएर पछ्याउने राजनीतिक संस्कारले गलत परिणाम गलत परिणाम भोग्नुपरेको स्वीकारेका छन् ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईंले नगर्नुहोला । गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला । हामीले ढिलो गर्यौैैं, त्यसैले सजाय पनि पायौं,’ उनले भने ।

दलभित्रका नेताहरूमाथि प्रश्न गर्ने संस्कार विकास गर्न ढिलाइ गरेकै कारण मुलुकको राजनीति जटिल बनेको उनले बताए ।

कांग्रेसले आफ्ना कमजोरी पहिचान गर्न ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक मूल्य अहिले पनि चुकाइरहेको बताए ।

‘हामीले हाम्रो पार्टी लास र दासहरूको पार्टी होइन भन्ने कुरा केही अगाडि भन्न सक्नुपर्थ्यो सकेनौं । ढिलो गर्यौं । त्यसबाट पनि सिक्नुहोला म प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?