+
+
Shares

वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ परेकी कुँवरविरुद्ध वडाध्यक्ष देवकोटाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दर्ता गराएका छन् ।
  • नेपाल पत्रकार महासंघ कञ्चनपुरकी सदस्य कुँवरले भने सामाजिक सञ्जालमार्फत वडाध्यक्ष देवकोटाले नै आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

८ असार, धनगढी । कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेको आरोप छ ।

भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सोसल मिडियामा सार्वजनिक भिडियोहरुमा देखिन्छ ।

उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरेर जिप्रकाको हिरासतमा राखिएको बताए ।

उनीविरुद्ध वडाध्यक्ष देवकोटाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिएको बताउँदै डीएसपी रावतले मुद्दा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।

कुँवरले भने आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

उनी नेपाल पत्रकार महासंघ कन्चनपुरकी सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?