+
फिफा विश्वकप २०२६ :

विश्वकपमा पहिलो जितपछि इजिप्टका कप्तानः यो अविश्वसनीय छ, यसलाई शब्दमा कसरी व्यक्त गरुँ

२०८३ असार  ८ गते ९:५२ २०८३ असार ८ गते ९:५२

फिफा विश्वकपअन्तर्गत सोमबार न्यूजिल्यान्डलाई हराएपछि कप्तान सलाहले यो जित अविश्वसनीय रहेको बताए ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजिप्टले सोमबार न्यूजिल्यान्डलाई हराउँदै फिफा विश्वकपको इतिहासमा पहिलो जित दर्ता गरेको छ ।
  • जितपछि इजिप्टका कप्तान मोहम्मद सलाहले भने, "यो अविश्वसनीय छ । म यसलाई शब्दमा कसरी व्यक्त गरुँ, मलाई थाहा छैन ।"
  • सन् १९३४ देखि विश्वकप खेल्न थालेको इजिप्टले यसअघि १९९० र २०१८ को संस्करणमा कुनै जित निकाल्न सकेको थिएन ।

८ असार, काठमाडौं । विश्वकपमा इतिहासमा पहिलो जितपछि इजिप्टका कप्तान मोहम्मद सलाहले यो इजिप्टियन फुटबलकोे इतिहासकै सबैभन्दा उत्कृष्ट उपलब्धिहरूमध्ये एकको रूपमा सम्झिने बताएका छन् ।

फिफा विश्वकपअन्तर्गत सोमबार न्यूजिल्यान्डलाई हराएपछि कप्तान सलाहले यो जित अविश्वसनीय रहेको बताए ।

‘यो अविश्वसनीय छ । म यसलाई शब्दमा कसरी व्यक्त गरुँ, मलाई थाहा छैन । यो सबै खेलाडी र स्टाफका लागि एउटा ठूलो उपलब्धि होस्,’ उनले भने ।

पहिलोपटक सन् १९३४ को विश्वकपमा सहभागी भएको इजिप्टले त्यसयता १९९० र २०१८ को विश्वकप खेलेको थियो । तर, कुनै पनि जित निकाल्न सकेको थिएन । यसपटक पहिलो खेलमा बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा पुनरागमन जित निकालेको हो । कप्तान सलाहले इजिप्ट यसपटकको विश्वकपमा दोस्रो चरणमा पुग्ने विश्वास व्यक्त गरे ।

‘आशा छ हामी समूह चरणमा यसरी नै अघि बढ्न सक्नेछौँ । र हामी इतिहास रच्दै अर्काे चरणका लागि छनोट हुन सफल हुनेछौँ,’ उनले भने, ‘आउने वर्षहरूमा यसलाई इजिप्टियन फुटबलकोे इतिहासकै सबैभन्दा उत्कृष्ट उपलब्धिहरूमध्ये एकको रूपमा सम्झिनेछ । हामीले आजको दिनलाई र भोलिको दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ । र त्यसपछि अर्को खेलमा ध्यान केन्द्रित गर्नुपर्छ ।’

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय