+
+
Shares

बीपीले बनाएको पार्टी १० वर्षमा छिया-छिया पारियो, हामी बनाउन आएका छौं : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८-१० वर्षमा नेपाली कांग्रेसलाई छिया-छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १४:५२

९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८-१० वर्षमा नेपाली कांग्रेसलाई छिया-छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष गरेका छन् । झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिले पार्टीलाई बनाउँछु भनेर आएको बेलामा अनेक प्रस्ताव गरेर अप्ठ्यारो पार्न खोजे नटेरेरै अघि बढ्ने बताएका हुन् ।

‘बीपी कोइरालाले बनाएको पार्टीलाई ८-१० वर्षमा छिया छिया पारियो । यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछ भने मानिँदैन । नमानेरै अघि बढ्ने हो । हामी पार्टी बनाउन आएका छौं ।’ थापाले भने ।

उनले पार्टीको सदस्यता अध्यावधिक नगर्ने नेता कार्यकर्तालाई पनि चेतावनी दिए ।

‘सबै नेताहरूले महाधिवेशन भाग लिनुहोला । अनि मलाई क्षमा पनि गर्नुहोला । अध्यावधिक नगर्नु भएको नेतालाई म सम्मान गर्छु । तर सिस्टमले चिन्दैन । भोट हाल्न पाउनुहुन्न,’ उनले थपे, ‘अब वडाको अधिवेशन सुरु हुन्छ । क्षमा गर्नुहोला- अध्यावधिक नगर्नु भएका साथीहरूको नाम सिस्टममा आउँदैन ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?