११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गर्न थालेको छ ।
बिहान भएको निर्वाचन अन्तर्गत अहिले अन्तिम मतपरिणाम सुनाइँदै छ ।
रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुनेछन् ।
बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन् ।
केन्द्रीय सदस्यमा ३७९ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4