+
+
Shares

रास्वपा महामन्त्रीमा थप ३ जनाको उम्मेदवारी फिर्ता

योसँगै अब रास्वपाको महामन्त्री पदका लागि मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम भिडन्त हुने तय भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १२:३२

१२ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। उम्मेदवारी फिर्ताको क्रम चलेसँगै महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने प्रत्यासीहरूको संख्या ५ मा झरेको छ।

एक जना मात्र निर्वाचित हुने महामन्त्री पदका लागि सुरुमा १० नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले सुरुमा आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ८ जना प्रत्यासीहरू चुनावी मैदानमा थिए।

रास्वपाको निर्वाचन आयोगले ८ जनाको सूची सार्वजनिक गरेपछि अन्तिम समयमा थप ३ जना प्रत्यासीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पछिल्लोपटक उम्मेदवारी फिर्ता लिनेहरूमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली रहेका छन्।

योसँगै अब रास्वपाको महामन्त्री पदका लागि मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम भिडन्त हुने तय भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?