+
+
Shares

रास्वपा महाधिवेशन : ६ पदाधिकारीका लागि हुनेछ निर्वाचन

केन्द्रीय निर्वाचन आयोगका अनुसार, २९५९ जनाले पहिलो चरणको मतदानमा सहभागीता जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १३:३८

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो चरणको मतदान सकाएको छ । चितवनको भरतपुरमा जारी महाधिवेशन अन्तर्गत निर्धारित समयभन्दा ढिलो गरी मतदान भएको थियो ।

आज बिहानबाट भएको मतदान केहीबेरअघि सकिएको हो । पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भएको हो ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार, २९५९ जनाले पहिलो चरणको मतदानमा सहभागीता जनाएका छन् ।

आजै दोस्रो चरण अर्थात् पदाधिकारीका लागि पनि मतदान हुनेछ । नेता मनिष झाले बताए अनुसार, दिउँसो ४ बजेसम्ममा दोस्रो चरणको मतदान सुरु हुनेछ ।

एक जना प्रतिनिधिले पदाधिकारीका लागि करिब ४ देखि ५ मिनेट मतदानका लागि लगाउने उनले बताए ।

रास्वपाका अर्का नेता विपिन आचार्यका अनुसार, ६ पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?