+
+
Shares

पदाधिकारीलाई भोट नहाली घर नफर्किन महाधिवेशन प्रतिनिधिहरूलाई तोसिमाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १२:०१

११ असार, काठमाडौं । पदाधिकारीलाई भोट नहाली घर नफर्किन महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तोसिमा कार्कीले आग्रह गरेकी छन् ।

पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान भएको छ । दोस्रो चरणमा पदाधिकारीहरूका लागि मतदान हुनेछ ।

यसबारे अनलाइनखबरसँग कुरा गर्दै कार्कीले भनिन्, ‘केही साथीहरू दोस्रो चरणको भोटिङ पनि गर्नुपर्छ भन्ने थाहा नपाएर गइराख्नु भएको जस्तो लाग्यो । यो इन्फर्मेसनमा के भयो, कुनै डिले भयो, कतै इन्फर्मेसनमा ल्याकिङ भयो जस्तो लाग्छ ।’

पदाधिकारीका लागि महाधिवेशन प्रतिनिधिले नै भोट गर्नुपर्ने पनि उनले बताइन् ।

‘म मिडियामार्फत म अनुरोध गर्न चाहन्छु । आदरणीय सबै महाधिवेशन प्रतिनिधिज्यूहरू तपाईंहरूले दुई चरणकै भोटिङ गर्नुपर्छ । पहिलो चरणमा तपाईंहरूले केन्द्रीय सदस्यहरू छान्नुहुन्छ । दोस्रो चरणमा तपाईंहरूले नै भोट गरेर आफ्नो पदाधिकारी छान्नु पर्छ ।’

पहिलो चरणको भोटिङ सकिन लागेको र इलेक्ट्रोनिक भोटिङ भइरहेको भन्दै उनले मतदान सकिएपछि एकैछिनमा मत गर्नेर सकिने बताइन् ।

त्यसपछि पदाधिकारीको दाबीहरू रहन्छ । दोस्रो चरणको निर्वाचन प्रक्रिया तत्कालै सुरु हुन्छ ।

पदाधिकारीको लागि आजै मतदान सुरु भएर सम्पन्न पनि हुन सक्ने उनले बताइन् ।

‘धैर्य धारण गर्दिनुहोला, तपाईंहरू नगइदिनुहोला  । किनभने यो इन्फर्मेसन कतै केही ल्याकिङ भएको जस्तो लाग्यो । अब जस्तै यो केन्द्रले प्रदेशलाई प्रदेशले जिल्लालाई जिल्लाले पालिकालाई हुँदै हुँदै जानुपर्ने थियो । कतै केही ल्याकिङ भएको हुन सक्छ । यसलाई हामीले सुधारौं’ कार्कीको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?