+
+
Shares

राष्ट्रिय धान दिवस : ड्रोनबाट मल, मेसिनबाट रोपाइँ (तस्वीरहरू)

प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्नका लागि ड्रोन उठाएर महोत्सवको शुभारम्भ गरे ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असार १५ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज १५ असारमा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइएको छ ।
  • ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा ड्रोनमार्फत मल छरेर र मेसिन प्रयोग गरी धान रोपेर प्रविधिमैत्री रोपाइँको औपचारिक शुभारम्भ गरिएको छ ।
  • प्रतिनिधिसभा कृषि समितिका संयोजक अशोककुमार चौधरीले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन सरकार निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

१५ असार, काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । ललितपुरको खुमलटारमा ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले खुमलटारमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो ।

प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्नका लागि ड्रोन उठाएर महोत्सवको शुभारम्भ गरे ।

सो अवसरमा उनले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन वर्तमान सरकार अगाडि बढिरहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचनले नीतिगत व्यवस्थामा राम्रो भएको भए पनि संरचनागत सुधारमा जोड दिनुपर्ने धारणा राख्दै किसान र कृषि अनुसन्धान परिषद्बीचको समन्वय र सम्पर्कलाई जोड दिँदै जलवायु अनुकूलन पोषणयुक्त धानको उत्पादनका लागि ध्यान दिनुपर्ने बताए ।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?