News Summary
Generated by OK AI. Editorially reviewed.- आज १५ असारमा राष्ट्रिय धान दिवस देशभर धान रोपाइँ गरी मनाइएको छ ।
- उपसभामुख रुबीकुमारी ठाकुरले जनकपुरको मुजेलियास्थित आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।
- कृषक परिवारमा जन्मनुभएकी ठाकुरले उपसभामुख हुनुअघि पनि नियमित रूपमा कृषि कार्य गर्दै आएकी थिइन् ।
१५ असार, जनकपुरधाम । आज १५ असार अर्थात राष्ट्रिय धान दिवस ।
१५ असारको दिन आज देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।
जनकपुरको मुजेलियामा अवस्थित आफ्नै खेतमा पुगेर ठाकुरले धान रोपेकी हुन् ।
उपसभामुख हुनुअघि उनी आफ्नै खेतबारीमा काम गर्थिन् । उनको बुबाआमा किसान हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4