+
+
Shares

जर्मनीमा गोली चल्दा ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते ७:०३
Photo Credit : AFP

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीको एक कल्याण केन्द्रमा ४५ वर्षीय व्यक्तिले गोली चलाउँदा ६ जना कर्मचारीको मृत्यु भएको छ ।
  • तीन महिने छोरीको अभिभावकत्व विवादका कारण घटना घटेको आन्तरिक मामिला मन्त्री डानिएला बेहेरेन्सले बताइन् ।
  • प्रहरीले गोली चलाउने संदिग्धसहित तीन जनालाई पक्राउ गरेको छ र हाल थप खतरा नरहेको जनाएको छ ।

१६ असार, काठमाडौं । जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ ।

जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ ।

घटना हुँदा तीन महिनाकी शिशु र उनकी आमा कार्यालयभित्रै थिए, तर उनीहरूलाई कुनै चोटपटक नलागेको अधिकारीहरु बताएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्तिसहित तीन जनालाई पक्राउ गरेको छ । र, सर्वसाधारणका लागि कुनै थप खतरा नरहेको पनि प्रहरीले  जनाएको छ ।

आन्तरिक मामिला मन्त्री डानिएला बेहेरेन्सले सोमबार राति पत्रकारहरूसँग कुरा गर्दै यो घटना ‘पारिवारिक कारण’ले भएको बताइन् ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार दिउँसो १२:१० बजे पहिलो पटक युवा कल्याण केन्द्रमा गोली चलेको खबर आएको थियो ।

प्रहरीका अनुसार चार जना महिला र एक जना पुरुषको केन्द्रभित्रै गोली हानी हत्या गरिएको थियो भने अर्को एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सबै मृतक वयस्क छन् ।

ल्युनेबर्ग प्रहरी प्रमुख काथ्रिन शुलका अनुसार संदिग्ध ४५ वर्षीय टर्की मूलका व्यक्ति हुन् । उनी जर्मनीमै जन्मिएका थिए र हानोभरमा बसोबास गर्थे ।

उनको सोमबार आफ्नी छोरीको अभिभावकत्वबारे छलफल गर्न केन्द्रमा, धेरै पीडितहरूसँग भेटघाट गर्ने समय तय गरिएको थियो । शुलले उनी धम्कीसम्बन्धी घटनाका कारण प्रहरीको निगरानीमा राखिएको भए पनि उनलाई ‘हिंसात्मक व्यक्ति’ का रूपमा नहेरिएको बताइन् । उनीसँग बन्दुक राख्ने कानुनी अनुमति पनि थिएन ।

घटनापछि संदिग्ध एक महिलाले चलाएको कारमा चढेर ती व्यक्ति घटनास्थलबाट फरार भएका थिए ।

एक प्रत्यक्षदर्शीले फोकस अनलाइनलाई बताएअनुसार प्रहरीले ती पुरुष र महिलालाई रोकिन चेतावनी दिएको थियो र त्यसपछि गाडीमाथि पटक–पटक गोली चलाएको थियो ।

बिल्ड पत्रिकाले प्रकाशित गरेको भिडियोमा नजिकैको ग्रामीण सडकमा प्रहरीले बनाएको चेकपोस्टमा पांग्रा फुटेको एउटा मर्सिडिज कार रोकिएको देखिन्छ । भिडियोमा हतियारधारी प्रहरीले कारभित्रका व्यक्तिहरूलाई बाहिर निस्कन आदेश दिँदै उनीहरूलाई सडकमा घोप्टो पारेर नियन्त्रणमा लिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?